पात्रो

रेडियो

समाचार खोजी

हकप्रद सेयर बिक्री प्रणालीमा परिवर्तन : अब बाँकी सेयर लिलामीमा नजाने, सेयरधनीलाई नै बाँडफाँट गरिने

साझा अर्थ संवाददाता १८ असार २०८२, बुधवार

१८ असार, काठमाडौं — हकप्रद सेयर निष्कासन र बिक्री प्रक्रियामा ठूलो नीतिगत परिवर्तन हुने भएको छ। धितोपत्र बोर्डले 'धितोपत्र दर्ता तथा निष्कासन नियमावली' परिमार्जनको तयारी गर्दैछ, जसअनुसार अब हकप्रद सेयर बिक्री नहुँदा त्यसलाई लिलामीमार्फत सर्वसाधारणलाई बेच्न नपाइने व्यवस्था लागु हुनेछ।

अहिले कम्पनीहरूले हकप्रद सेयर निष्कासन गरेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियामार्फत बजार मूल्यभन्दा माथि सर्वसाधारणलाई बिक्री गर्दै आएका छन्। तर, अब यस्तो प्रक्रिया हटाएर बाँकी रहेको सेयर पनि विद्यमान सेयरधनीहरूबीच समानुपातिक रूपमा बाँडफाँट गरिनेछ।

नयाँ व्यवस्था यस्तो हुनेछ:

  • सेयरधनीहरूले आफ्नो हकअनुसार मात्र नभई बढी सेयरको लागि पनि आवेदन दिन सक्ने छन्।

  • बाँकी रहेको सेयर बढी माग गर्ने सेयरधनीलाई १०–१० कित्ताको दरले समानुपातिक रूपमा बाँडफाँट गरिनेछ।

  • बाँडफाँटपछि पनि सेयर बाँकी रह्यो भने मात्र लिलामीमार्फत सर्वसाधारणलाई बिक्री गर्न पाइनेछ।

यसरी अब लिलामीको आवश्यकता नपर्ने गरी नयाँ नीति लागू हुन लागेको हो। यो प्रणाली अहिले साना तथा मझौला कम्पनी (SME) हरूमा लागू भइसकेको छ, र अब सबै कम्पनीमा विस्तार गरिँदैछ।

लगानीकर्तालाई कस्तो लाभ हुन्छ?

नयाँ व्यवस्थाले सेयरधनीलाई अंकित मूल्यमै बढी सेयर खरिद गर्ने अवसर दिनेछ, जसले बजार मूल्यमा बिक्री गर्दा प्रतिकित्ता १०० रुपैयाँभन्दा माथिको सिधा नाफा दिनेछ।

उदाहरणस्वरूप, कुनै कम्पनीले ५०% हकप्रद सेयर ल्याउँदा १ हजार कित्ता सेयर भएको लगानीकर्ताले ५ सय कित्ताका लागि आवेदन दिन सक्थे। तर अब उनीहरूले ५ सयभन्दा बढीका लागि पनि आवेदन दिन सक्नेछन्, र बाँडफाँटका क्रममा थप सेयर पाउने सम्भावना रहन्छ। ती थप सेयर बजार मूल्यमा बेच्दा लगानीकर्ताले ठूलो प्रतिफल पाउनेछन्।

540 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता