काठमाडौंः एनएमबी लुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा असार ३२ गते बस्ने भएको छ । सञ्चालक समितिको असार १० गतेको निर्णय अनुसार साधारण सभा सो दिन बस्ने भएको हो ।
संस्थाको १२ औं वार्षिक साधारण सभा असार ३२ गते बुधवारका दिन पोखराको होटल सिटी स्क्वायरमा बस्ने संस्थाले जानकारी दिएको छ । साधारण सभामा संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ५१ प्रतिशत कायम गर्ने तथा सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने,अन्य लघुवित्तसँग गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लागयतका कार्य सूचि रहेका छन् । साधारण सभा प्रयोजनकालागि असार २४ गते बुक क्लोज गरिने संस्थाले जनाएको छ ।
साझा अर्थ संवाददाता