पात्रो

रेडियो

समाचार खोजी

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

साझा अर्थ संवाददाता ८ असार २०८२, आइतवार

काठमाडौंः पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई रेष्टुरेण्टमा खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौता आइतवार सम्पन्न भएको हो । 
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले सो सेष्टुरेन्टमा खाना र आवास सुविधामा १०% छुट पाउने सम्झौता भएको प्रभुबैंकले जनाएको छ । सो छुट सेवा सुविधा  वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक श्री प्रकाश पौडेल हस्ताक्षर गर्नुृ भएको छ ।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ