बिहीबार सुनको भाउ इतिहासकै महङ्गो विन्दुमा पुगेको छ । आज सुनको भाउ प्रति तोला एक सय रुपैयाँले बढ्दा चाँदी भने २५ रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रति तोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
साझा अर्थ संवाददाता