पात्रो

रेडियो

समाचार खोजी

तेह्रथुम पावरले हकप्रद शेयर निष्काशन गर्ने

साझा अर्थ संवाददाता २९ जेठ २०८२, बिहिवार

काठमाडौंः तेह्रथुम पावर कम्पनी लिमिटेडले एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले असार १६ गतेदेखि सो अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । 
जेठ ४ गतेसम्म सेयरधनी रहेको व्यक्तिले हकप्रदमा आवेदन गर्न सक्नेछन् । शेयर निश्कानको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइस्केको छ । शेयर सय रुपैयाँको दरले चालिस लाख कित्ता निष्काशन गरिने कम्पनीले जनाएको छ । आवेदकहरुले श्रावण चार गते सम्म आवेदन दिन सक्ने छन् । धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंङ्किक लिमिटेड रहेको छ ।

286 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्