पात्रो

रेडियो

समाचार खोजी

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता

साझा अर्थ संवाददाता २५ जेठ २०८२, आइतवार

काठमाडौः प्रभु बैंक र होटल यार्शाबीच प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्धगराउने सम्बन्धी सम्झौता गरिएको छ । 
होटल यार्शा जिरी नगरमाअवस्थित होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले ल्याइएको प्रभुबैंकले जनाएको छ । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । 
यो सहकार्य अन्तर्गत प्रभु बैंककाग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा  कोठामा  १५ तथा खाना र पेय पदार्थमा पाँच प्रतिशत छुट पाउने छन् । यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्ने बताइएको छ ।
जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागिप्रसिद्द छ । जिरीलाई नेपालको स्वीजरलेण्ड पनि भनिन्छ ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु