पात्रो

रेडियो

समाचार खोजी

एनआइसी एसिया क्यापिटलले ल्यायो ‘लाइफटाइम’ योजना

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौँ, २१ जेठ

एनआइसी एसिया क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरूका लागि हरेक वर्ष डिम्याट र मेरो सेयर खाता नवीकरण गर्नुपर्ने झन्झट अन्त्य गर्दै 'लाइफटाइम नवीकरण' योजना सञ्चालनमा ल्याएको छ।

क्यापिटलको आधिकारिक विवरण अनुसार ग्राहकहरूले अब एकमुष्ठ रु. १,९९९ भुक्तानी गरेर आजीवन डिम्याट र मेरो सेयर दुवै खाता नवीकरण गराउन सक्नेछन्। यदि ग्राहकहरूले छुट्टाछुट्टै नवीकरण गर्न चाहेमा लाइफटाइम डिम्याटको लागि रु. ९९९ र मेरो सेयरको लागि रु. १,००० भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रत्येक वर्ष नवीकरण शुल्क बुझाउन बिर्सिँदा खाता फ्रिज हुने र सेयर कारोबार रोकिने समस्या झेल्दै आएका लगानीकर्ताहरूलाई यो डिजिटल प्याकेजले ठूलो राहत दिने क्यापिटलले विश्वास लिएको छ।

5 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु