काठमाडौं, १२ असारः मेगाश्री फर्मास्युटिकल्सको विशेष साधारण सभा असार २८ गते बस्ने भएको छ । कम्पनी सञ्चालक समिले आह्वान गरे बमोजिम सो दिन विहान ९ बजे चितवनमा विशेष साधारण सभा बस्ने भएको हो ।
रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई प्राप्ति गर्ने लगायतका विषममा निर्णय गर्न विशेष साधारण सभा बोलाइएको कम्पनीले जनाएको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीको भनाई रहेको छ ।