पात्रो

रेडियो

समाचार खोजी

मोबाइल एपबाटै नेपाल–भारत डिजिटल रेमिट्यान्स सेवा सुरु

साझा अर्थ संवाददाता २५ जेठ २०८३, सोमवार

काठमाडौँ, २५ जेठ:नबिल बैंकले आफ्नो मोबाइल बैंकिङ एप 'एनबैंक' मार्फत रियल-टाइम  व्यक्ति-देखि-व्यक्ति रेमिट्यान्स सेवा सुरु गरेको छ। डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले क्रस-बोर्डर डिजिटल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको हो।

यस नयाँ सेवा अन्तर्गत नबिल बैंकमा खाता रहेका भारतीय नागरिकहरूले आफ्नो मोबाइल एप प्रयोग गरी भारतमा रहेका परिवार तथा आफन्तहरूलाई तत्कालै रकम पठाउन सक्नेछन्।

बैंकका अनुसार यो सेवा भारतीय नागरिकका लागि मात्र नभई नबिल बैंकमा खाता भएका नेपाली नागरिकका लागि पनि उपलब्ध हुनेछ। नेपाली र भारतीय दुवै नागरिकले बैंकको खाता र एपमार्फत भारतमा तुरुन्तै रकम ट्रान्सफर गर्न सक्नेछन्। यो सुविधाले नेपाल र भारतबीचको अन्तरदेशीय डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुदृढ बनाउने विश्वास लिइएको छ।

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु