पात्रो

रेडियो

समाचार खोजी

नर्थ समिट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

साझा अर्थ संवाददाता २५ जेठ २०८२, आइतवार

काठमाडौंः  माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रो लिमिटेडबिच शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । नर्थ समिट हाइड्रोको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
शुक्रबार भएको सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रोको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
नर्थ समिट हाइड्रोले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ लाख ४० हजार कित्ताको प्रति शेयर अंकित मुल्य १०० रुपैयाँका दरले हुन आउने रकम ३८ करोड ४० बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटललाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको हो।
नर्थ समिट हाइड्रोले लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मे.वा. क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता