काठमाडौंः आरकेडी होल्डिङ्सको साधारण सभा असार १४ गते बस्ने भएको छ । आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले सो दिन साधारण सभा बोलाएको हो ।
होल्डिङ्सले जारी पूँजिको २१ प्रतिशत बाराबर आइपीओ जारी गर्ने प्रस्ताव साधारण सभामालैजादै छ । आइपीओ जारी गर्ने सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभामा पारित गरिने बताइएको छ । साधारण सभामा तीनवटा साधारण प्रस्ताव र दशवटा विशेष प्रस्ताव पेश गरिने छ ।
साझा अर्थ संवाददाता