पात्रो

रेडियो

समाचार खोजी

आगामी आर्थिक बर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लािग १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। उपप्रधानमग्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट पेस गरेका हुन्।

संसदमा बिहीबार प्रस्तुत बजेटअनुसार ११ खर्ब ८० अर्ब चालू खर्चका लागि विनियोजन गरिएको छ भने पुँजीगत खर्चमा ४ खर्ब ७ अर्ब छुट्याइएको छ।

बजेटमा वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब व्यवस्था गरिएको छ। राजस्वमार्फत १३ खर्ब १५ अर्ब संकलन गरिने योजना छ। बजेट घाटापूर्ति गर्न आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब संकलन गरिनेछ। साथै, बजेटमा वैदेशिक अनुदानमार्फत ५३ अर्ब ४५ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य लिइएको छ।

204 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु