पात्रो

रेडियो

समाचार खोजी

बेरोजगारी समस्या समाधान गर्न दुई अर्ब विनियोजन

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

 बेरोजगारी समस्या दिगो रुपमा समाधान गर्न सरकारले युवाशक्तिको सीप र दक्षता विकास गर्ने भएको छ । यसका लागि सरकारले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ, जसका लागि १ अर्ब ९९ रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै रोजगारीको खोजीमा रहेका सीपयुक्त युवाको विवरण अद्यावधिक गरी श्रमबजार जोड्न रोजगार पोर्टल सञ्चालन गरिने पनि जानकारी दिए । ‘निजी क्षेत्रका छाता संगठनसँग सबै प्रदेशमा सहकार्य गरी रोजगार मेला सञ्चालन गरिनेछ,’ उनले भने । त्यसगरी अर्थमन्त्री पौडेलले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने प्रतिबद्धतासमेत जनाए । यसका लागि श्रम गन्तव्यको विविधीकरण गरिने उनको भनाइ छ ।

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता