पात्रो

रेडियो

समाचार खोजी

प्रोजेक्ट बैंकमा १३ सय २७ आयोजना, लागत सवा नौ खर्ब

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

प्राजेक्ट बैंकमा ९ खर्ब २० अर्ब लागतका १३ सय २७ आयोजना प्रविष्ट भएका छन् । योजना आयोगका अनुसार तीन करोड लागत भएका १ हजार १ सय ४१ वटा आयोजना, ३ देखि ५ करोड लागत भएका ७९ वटा आयोजना र ५ देखि १० करोड लागत अनुमान भएका ४४ वटा आयोजना प्रविष्ट गरिएको छ । त्यस्तै, १० करोड देखि १ अर्बसम्मका २३ वटा आयोजना प्रविष्ट भएका छन् । एक अर्बभन्दा बढी लागत भएका कुल ४० आयोजना रहेका छन् । एक अर्बभन्दा बढी लागतका ठुला आयोजनामध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबैभन्दा बढी १९ वटा प्रविष्ट भएका छन् । 
आयोजना बैंकमा प्रविष्ट भएका मध्ये १ सय १७ वटा नयाँ आयोजना रहेका छन् । त्यस्तै, ८९ वटा क्रमागत आयोजना र१ हजार १ सय २१ वटा अध्ययनका आयोजना रहेका छन् । नयाँ आयोजनाको लागत ९७ अर्ब १९ करोड, क्रमागत आयोजनाको ८ खर्ब २३ अर्ब र अध्ययनका आयोजनाको ३२ अर्ब ६४ करोड अनुमानित लागत रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

नेपालमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले राष्ट्रिय योजना आयोगमा राष्ट्रियस्तरको आयोजना बैंक रहने व्यवस्था गरेको छ । यसै व्यवस्थाअनुरूप आयोगले २०७६ देखि आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली विकास गरी यसको अभ्यास गर्दै आएको छ ।  नियमावलीको सोही व्यवस्था कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको बजेट आउनुअघि यो सङ्ख्यामा नयाँ आयोजना प्रविष्ट गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको सचिवालयले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता