पात्रो

रेडियो

समाचार खोजी

मन्त्रिपरिषद् बैठकबाट बजेट अनुमोदन हुदै

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

 

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न  मन्त्रिपरिषद् बैठक बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक समेत बस्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

संघीय संसद्मा अपराह्न ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट प्रस्तुत् गर्ने कार्यसूची छ। संविधानअनुसार प्रत्येक वर्ष १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्छ । सोही व्यवस्थाअनुसार पौडेलले संघीय संसद्को संयुक्त बैठकमा बजेट पेस गर्दै छन् ।
 

63 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता