पात्रो

रेडियो

समाचार खोजी

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान बागमतीको

साझा अर्थ संवाददाता १३ जेठ २०८२, मङ्गलवार

चालू आर्थिक वर्ष ०८१/८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब रुपैयाँबराबर हुने अनुमान गरिएको छ । राष्ट्रिय जिडिपीमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको ३६.५२ प्रतिशत र सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ४.१९ प्रतिशत रहने कार्यालयले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय जिडिपीमा कोशी प्रदेशले १५.९० प्रतिशत, लुम्बिनी प्रदेशले १४.२३ प्रतिशत, मधेश प्रदेशले १३.१६ प्रतिशत, गण्डकी प्रदेशले ८.९८ प्रतिशत र सुदूरपश्चिम प्रदेशले ७.०३ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । 

‘गत आर्थिक वर्ष ०८०र८१ को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा मात्र परिवर्तन भएको छ,’ कार्यालयको प्रतिवेदनमा उल्लेख छ, ‘गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने मधेश र बागमती प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ ।’ 

चालू आवमा कोशीको कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० नौ खर्ब ७१ अर्बबराबर हुने अनुमान गरिएको छ । त्यस्तै, मधेशको आठ खर्ब चार अर्बबराबर, बागमतीको २२ खर्ब ३० अर्ब, गण्डकीको पाँच खर्ब ४८ अर्ब, लुम्बिनीको आठ खर्ब ६९ अर्ब, कर्णालीको दुई खर्ब ५६ अर्ब र सुदूरपश्चिमको जिडिपी चार खर्ब ३० अर्बबराबर पुग्ने अनुमान गरिएको छ । 

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता