पात्रो

रेडियो

समाचार खोजी

नेपाल एसबीआई र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चार अर्ब बराबरको ऋणपत्र जारी गर्ने

साझा अर्थ संवाददाता १२ जेठ २०८२, सोमवार

काठमाडौं । नेपाल एसबीआई र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई चार अर्बबराबरको ऋणपत्र निष्कासन गर्ने धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डका अनुसार नेपाल एसबीआईलाई ३ अर्ब र शाइन रेसुंगालाई १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएका छन् ।  एसबीआईले निष्कासन गर्न लागेको ऋणपत्रमध्ये १ अर्ब २० करोडको सार्वजनिक निष्कासनमार्फत र १ अर्ब ८० करोडबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । ७ प्रतिशत व्याजदर रहेको यो ऋणपत्रको अवधि १० वर्षे हुनेछ भने बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

त्यस्तै, कुल ऋणपत्रमध्ये ४० करोड रुपिबराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र ६० करोडबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । शाइन रेसुंगाले भने १० वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गर्नेछ । यसको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ ।

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता