काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ देखि ५ अर्ब बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । निफ्राले १००० अंकित दरमा ५० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख ३० गते स्वीकृति पाइसकेको छ । सोही बमोजिम ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८÷८९’ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । जसअनुसार बैंकले कुल ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी २० लाख कित्तामा १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी १९ लाख कित्ता सर्वसाधारणमा निष्कासन गर्नेछ ।
साझा अर्थ संवाददाता