नेपालको बैंक तथा वित्तिय सस्थामा सन् २०२४ मा भएको कारोबार संख्याको आधारमा शंकास्पद गतिबिधि करिब ४९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बकले सार्वजनिक गरेको एक तथ्यांक अनुसार सन् ०२४ मा नौ हजार तीन सय चारवटा वित्तीय कारोबार तथा गतिविधि शंकास्पद देखिएका छन् । सो वर्ष ३४ अर्ब ९७ करोड ५० लाख रुपैयाँबराबरको वित्तीय कारोबार तथा गतिविधि शंकास्पद देखिएको छ ।
बैंक तथा वित्तीय संस्था, रेमिट कम्पनी, स्टक ब्रोकर, बिमा कम्पनीलगायतका संस्थाले ०२४ मा सोबराबरको कारोबार शंकास्पद देखिएको भन्दै इकाइलाई जानकारी दिएको हो ।
वर्ष ०२३ मा ६ हजार दुई सय ५५ वटा कारोबार तथा गतिविधि शंकास्पद देखिएका थिए । त्यसअघि सन् ०२० मा एक हजार एक सय ३, सन् ०२१ मा एक हजार आठ सय ५४ र ०२२ मा तीन हजार नौ सय ७९ वटा कारोबार शंकास्पद देखिएका थिए । वर्ष ०२४ मा रकमका आधारमा भने शंकास्पद कारोबार कम देखिएको छ । वर्ष २०२३ मा ४० अर्ब ६ करोड ६० लाख रुपैयाँबराबरको कारोबार शंकास्पद देखिएको थियो । ०२४ मा त्यो करिब ३५ अर्ब रुपैयाँमा सीमित भएको छ ।
साझा अर्थ संवाददाता