पात्रो

रेडियो

समाचार खोजी

१८ औ गभर्नर पौडेल

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री डा विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ । मंगलबार अपराह्न बसेको गभर्नर सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो । ति मध्ये सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वको समितिले डा विश्वनाथ पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । 
चैत २४ मा महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि केन्द्रीय बैंकको गभर्नर रिक्त रहेको थियो । सत्ता साझेदार दलहरुबीचको लामो रस्साकस्सीपछि केन्द्रीय बैंकले गभर्नर पाएको हो ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता