पात्रो

रेडियो

समाचार खोजी

गभर्नर सिफारिस समितिको बैठक सकियो, विश्व पौडेल पहिलो नम्बरमा

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको सिफारिस समिति सदस्यमा पूर्वगभर्नरहरुको तर्फबाट महाप्रसाद अधिकारी र विज्ञको रुपमा अर्थविद डा पोषराज पाण्डे छन् । आजै गभर्नर नियुक्त हुने सम्भावना बढेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।

मंगलबार बसेको सिफारिस समितिले विश्व पौडेलसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमै पौडेलको नाम छ । त्यस्तै राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुंगानाको नाम पनि रहेको स्रोतको भनाई छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।

अहिले तीनजनाकै नाम लिएर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगिसकेका छन् ।

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता