पात्रो

रेडियो

समाचार खोजी

कान्तिपुर टेलिभिजन सहित नेटवर्थ नपुगेका १४ कम्पनीको आइपिओ आवेदन अस्वीकृत

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

   नेपाल धितोपत्र बोर्डले आइपिओ निष्कासनको प्रक्रियामा रहेका १४ कम्पनीको आवेदन अस्वीकृत गरेको छ । प्रतिकित्ता ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीले आइपिओ ल्याउन नमिल्ने भएकाले प्रक्रियाबाट हटाइएको बोर्डले जानकारी दिएको छ । 

आइपिओ निष्कासनका लागि आवेदन दिएकामध्ये ६ जलविद्युत् कम्पनी, दुई औषधि उद्योग, पर्यटन क्षेत्रका चार, एक सञ्चार प्रतिष्ठान र एक हेलिकोप्टर कम्पनी प्रक्रियाबाट हटाइएका हुन् । एपेक्स हस्पिटालिटी, अर्चिड होल्डिङ्स लिमिटेड, अन्नपूर्ण केबुलकार, ठमेल प्लाजा होटेल एन्ड सुइट्स लिमिटेड, एक्कर्ड फर्मास्युटिकल्स लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, प्रभु हेलिकोप्टर लिमिटेड, युनिक हाइड्रोपावर कम्पनी लिमिटेड, पुवा खोला–वान हाइड्रोपावर लिमिटेड, रिचेट जलविद्युत् कम्पनी लिमिटेड, सानिमा हाइड्रोपावर लिमिटेड, लाफिङ बुद्ध पावर नेपाल लिमिटेड र बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड आइपिओको पाइपलाइनबाट हटेका हुन् । 

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु