पात्रो

रेडियो

समाचार खोजी

१० महिनामा थपियो एक खर्ब ८८ अर्ब सार्वजनिक ऋण, पुग्यो २६ खर्ब २२ अर्ब

साझा अर्थ संवाददाता ५ जेठ २०८२, सोमवार

नेपाल सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको  सार्वजनिक ऋण व्यस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालू आवको १० महिनामा मात्रै यो एक खर्ब ८८ अर्ब ३० करोड रुपैयाँले बढेको छ ।

गत आवको अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो । त्यसमा समीक्षा अवधिमा सरकारको ऋण प्राप्ति तीन खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ छ भने ऋण भुक्तानी दुई खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ छ । यसैगरी, विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनले ऋणको दायित्वको ४८ अर्ब १९ करोड रुपैयाँ थपिएको थियो । यसरी वैशाख  मसान्तसम्म सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ कायम भएको हो । त्यसमा आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ र विदेशी ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ । 

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता