चालू आर्थिक वर्ष बित्न दुई महिना मात्रै बाँकी छ । करिब २५ दिन मात्र बाँकी रहेको चालु आवमा सरकारलाई वार्षिक लक्ष्य भेट्टाउन चार खर्ब ९६ अर्ब ८७ करोड राजस्व उठाउनुपर्ने दबाब छ । चालू आर्थिक वर्षभरिमा १४ खर्ब १९ अर्ब ३० करोडको राजस्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्ममा ६५ प्रतिशत मात्रै उठाउन सकेको छ । भन्सार महसुलतर्फ वार्षिक लक्ष्यको ६०।०१ प्रतिशत मात्रै संकलन गरेको छ । भ्याटतर्फ ६९.७५ प्रतिशत, अन्तःशुल्कतर्फ ७३.०५ प्रतिशत र आयकरतर्फ ५८.६३ प्रतिशत मात्रै उठेको छ । गैरकरको वार्षिक लक्ष्यको ६९.२ प्रतिशत मात्रै संकलन भएको छ । भन्सार विभागले जेठ र असारमा वार्षिक लक्ष्य भेट्टाउन दुई खर्ब पाँच अर्ब राजस्व उठाउनुपर्ने हुन्छ । त्यस्तै, आन्तरिक राजस्व विभागले दुई खर्ब ५० अर्ब उठाउनुपर्ने हुन्छ ।
साझा अर्थ संवाददाता