नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घटेको छ।
समिक्षा अवधिमा कम्पनीले २ अर्ब ८४ करोड मात्र खुद नाफा कमाएको छ। अघिल्लो आवको यसै अवधिमा कम्पनीको खुद नाफा ५ अर्ब ५३ करोड थियो।
यस अवधिमा कम्पनीले सेवा बिक्रीबाट २५ अर्ब ३१ करोड आम्दानी गरेको छ। त्यस्तै कम्पनीको ब्याज आम्दानी ४६.०२ प्रतिशतले घटेर २ अर्ब ८० करोडमा सिमित भएको छ। यस अवधिमा कम्पनीको डिफर्ड ट्याक्स बढेर ३ अर्ब २३ करोड पुगेको छ । यी कारणले गर्दा कम्पनीको नाफा घटेको देखिन्छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४१.०२ रुपैयाँबाट घटेर २१.०५ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रति शेयर नेटवर्थ ५०३.९३ रुपैयाँ रहेको छ।
साझा अर्थ संवाददाता