काठमाण्डौ । साताको पहिलो कारोबार दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार भने सुनको मूल्य ३ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८४ हजार ८ सयमा भएको थियो ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी गत शुक्रबारकै मूल्य अर्थात प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
साझा अर्थ संवाददाता