पात्रो

रेडियो

समाचार खोजी

एनसेल फ्ल्यास सेल्समा डेटा प्याकसँगै सामाजिक सञ्जालमा नि:शुल्क पहुँच

साझा अर्थ संवाददाता ४ जेठ २०८२, आइतवार

 

एनसेलले साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गर्दै ग्राहकलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालमा २४ घण्टा नि:शुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ । यो अफर ३ देखि ३१ जेठसम्म प्रत्येक शनिबार सञ्चालन हुनेछ ।

शनिबार मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा ग्राहकले विभिन्न चारवटा प्याक किन्दा विनाकुनै अतिरिक्त शुल्क पाउनेछन् । किनिएका प्याकका आधारमा टिकटक, फेसबुक, इन्स्टाग्राम र अनलिमिटेड युट्युब चलाउन पाउनेछन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ सेवा भने उपलब्ध नहुने एनसेलले जनाएको छ । 

फ्ल्यास सेल्समा डबल मज्जा, डेटा रिन्युअल र दुई प्रकारका होम एन्ड अवे रिन्युअलका गरी चारवटा प्याक समावेश रहेका छन् । अफरअन्तर्गत ग्राहकले करसहित एक सय ५० रुपैयाँमा डबल मज्जा प्याक लिँदा सात दिन अवधिको सात जिबी डेटा पाउनेछन् । त्यस्तै, अर्थात् २४ घण्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउनेछन् ।

त्यसैगरी, २९९ को डेटा रिन्युअल प्याकमा २८ दिन अवधिको सात जिबी डेटाका साथै बोनसका रूपमा २४ घण्टासम्म फेसबुकमा अनलिमिडेट पहुँच प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । 

त्यसैगरी, दुई होम एन्ड अवे रिन्युअल प्याक पनि यो अफरमा समावेश छन् । ५९९ रुपैयाँ पर्ने होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जिबीका अतिरिक्त २४ घण्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउनुका साथै ७९९ रुपैयाँको प्याकमा ६५ जिबी र २४ घण्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउनेछन् । यो फ्ल्यास सेल्स अफरले ग्राहकलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको भनाइ छ । 

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्