पात्रो

रेडियो

समाचार खोजी

'ओमोडा एन्ड जेइको’को स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर, एक जोडीलाई चीनको भ्रमणको मौका

साझा अर्थ संवाददाता ४ जेठ २०८२, आइतवार

काठमाडौं । नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्सले ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ । यो योजना २०८२ जेठ ४ देखि १० गतेसम्म (मे १५ देखि २४) २०२५ सम्म ‘ओमोडा इ–फाइभ’ र ‘जेइको जे–सिक्स’ मोडलहरूमा लागू हुनेछ ।

कम्पनीका अनुसार सीमित अवधिको लागि विशेष एक्सचेन्ज योयोजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति लागू हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरि ल्याएको हो।

‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ अन्तर्गत, ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् । जसअन्र्तगत निः शुल्क १ वर्षको बीमा, एउटा निः शुल्क ७ किलोवाटको चार्जर र ब्याट्रि, मोटरमा ८ वर्ष वा १६०,००० किमिको वारेन्टि समावेश रहेको छ । ८० प्रतिशत फाइनान्सिङ सहित ५५,९९,००० रुपैयाँबाट सुरू हुने गाडीहरूको डेलिभरि, जेठ १७ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

गाडी डेलिभरि गरिएमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन् । यस्तै, एक जनाले आइफोन १६ प्रो प्राप्त गर्नेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् भने, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।

नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो ।

यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर दिएको कम्पनीले जनाएको छ । एसपिजि अटोमोबाइल्स, नेपाली अटोमोबाइल बजारमा नवीन र दिगो गतिशीलताका समाधानहरू प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

एसपिजि अटोमोबाइल्स, विद्युतीय गाडी रुचाउने तथा खरिद र अपग्रेड गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा एन्ड जेइको सोरुम भ्रमण गर्न र सीमित समयको लागि लागू हुने अफरहरूको लाभ लिन आह्वान गरेको छ ।

 

244 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्