पात्रो

रेडियो

समाचार खोजी

अब निजामति कर्मचारीको अवकाशको उमेर हद ६० बर्ष

साझा अर्थ संवाददाता २ जेठ २०८२, शुक्रवार



काठमाडौं । निजामति कर्मचारीको अवकासको उमेरहद ६० वर्ष पुर्‍याइने भएको छ । शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिले  २ वर्ष कुलिङ पिरियड राख्ने सहमतिसहित निजामति विधेयक पारित भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले यो विधेयकमा कर्मचारीले अवकास पाएको अवधिले २ वर्ष कुलिङ पिरियड राख्ने र अब ५८ वर्षको उमेरहलाई बढाएर ६० वर्षमा अवकास पाउने व्ययवस्था गरेर पारित भएको बताए ।

निजामती सेवा विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।
 

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता