पात्रो

रेडियो

समाचार खोजी

१० महिनासम्म लक्ष्यको ३४ प्रतिशत मात्रै पुँजीगत खर्च

साझा अर्थ संवाददाता २ जेठ २०८२, शुक्रवार

सरकारले चालू आर्थिक वर्षको १० महिना बित्दा ३४ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । सरकारले वैशाखसम्ममा एक खर्ब २० अर्ब ३७ करोड रुपैयाँ पँुजीगत खर्च गर्न सकेको छ । जुन विनियोजित पुँजीगत बजेट तीन खर्ब ५२ अर्ब ३५ करोडको ३४।१६ प्रतिशतबराबर हो । सरकारले वैशाखसम्म गरेको पुँजीगत खर्च गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा २।८८ विन्दु प्रतिशतले न्यून हो । गत वर्षको दश महिनामा सरकारले विनियोजित तीन खर्ब दुई अर्ब सात करोडको ३७।०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड खर्च गर्न सकेको थियो । 

यो वर्ष सुरुदेखि हालसम्म ९साउनदेखि वैशाखसम्म० भएको खर्च र समयको हिसाब गर्दा दैनिक औसत ४० करोड १२ लाख खर्च भएको देखिन्छ । अबको ६० दिनमा सरकारले विनियोजित बजेटको ६५।८४ प्रतिशत अर्थात् दुई खर्ब ३१ अर्ब ९८ खर्च गर्न बाँकी छ । लक्ष्यअनुसार सबै खर्च गर्नलाई सरकारले दैनिक औसत तीन अर्ब ८६ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।  

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ