आज शुक्रबार सुनको भाउ तालामै तीन हजार बढेको छ । बिहीबार प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५८ हजार ४ सय ३५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ पुगेको । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ६७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता