पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन : प्रधानमन्त्री ओली

साझा अर्थ संवाददाता १ जेठ २०८२, बिहिवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति नियुक्ति गर्ने पक्षमा आफू रहेको तर्क गरेका छन् ।

बिहीबार पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्र बैंकको गभर्नर पदमा आफ्नो मान्छे नियुत्ति नहुने प्रस्ट पार्दै उनले सकेसक्म क्षमतावान व्यक्तिलाई गभर्नर बनाउनुपर्नेमा आफू रहेको बताए ।
गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई महत्व दिने भनाई ओलीको छ । प्रधानमन्त्री ओलीले भने, “राष्ट्रबैकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।”

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको बतनए । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको भनाइ ओलिको थियो ।

उनले पूर्व योजनाकारहरुको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे।

230 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता