आज बिहिबार सुनको भाउ प्रतितोला तीन हजार पाँच सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५५ हजार ८ सय ६५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ५० रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता