पात्रो

रेडियो

समाचार खोजी

१४ बाणिज्य बैंकको ब्याजदर यथावत, ३ ले घटाए ३ ले बढाए

साझा अर्थ संवाददाता ३१ वैशाख २०८२, बुधवार

काठमाडौं । नेपालमा सञ्चालित २० बाणिज्य बैंकमध्ये जेठ महिनामा १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन् । एभरेष्ट बैंक, नेपाल बैंक र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा ब्याजदर सामान्य बढाएका छन् भने नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन् । यसअनुसार अब व्यक्तिगत मुद्दतीको औसत ब्याजदर जेठ महिनाका लागि ५.९५२ प्रतिशत कायम भएको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत थियो ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता