पात्रो

रेडियो

समाचार खोजी

चालु आवमा १५ खर्ब व्यापार घाटा हुने

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार

चालू आर्थिक वर्ष ०८१/८२ मा नेपाललाई झन्डै १५ खर्ब व्यापार घाटा हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आवमा नेपालले कुल व्यापारमा १४ खर्ब ९५ अर्ब रुपैयाँ नोक्सान व्यहोर्ने अनुमान गरिएको हो । कार्यालयका अनुसार चालू आवमा नेपालले पाँच खर्ब ३४ अर्बबराबरको वस्तु तथा सेवा निर्यात गर्दा आयात भने २० खर्ब २९ अर्ब रुपैयाँबराबरको हुनेछ । कार्यालयले पछिल्ला ६ देखि आठ महिनाको तथ्यांकलाई विश्लेषण गरेर चालू आवको व्यापारको अनुमान गरेको हो । 

चालू आवमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ८।७४ प्रतिशतबराबर निर्यात हुने प्रारम्भिक अनुमान गरिएको छ । चालू आवमा नेपालको जिडिपी ६१ खर्ब सात अर्बबराबर हुने अनुमान छ ।  

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता