पात्रो

रेडियो

समाचार खोजी

शिवम् सिमेन्टको खुद नाफा दोब्बर

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार

शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ९६ प्रतिशतले बढाएको छ । चालु आवको चैतसम्म कम्पनीले ४० करोड ५ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २० करोड ४२ लाख थियो। 
यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशतले घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा आएको छ । यस्तै, अन्य आम्दानी पनि २७.१० प्रतिशत घटेर १२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । अर्कोतर्फ, बिक्री लागत १६.०६ प्रतिशतले घटाएको छ भने बिक्री तथा वितरण खर्च ९.०४ प्रतिशतले घटाएको छ ।

यस अवधिमा कम्पनीको ब्याज खर्च ४ करोड ४९ लाखबाट घटेर ७४ लाख ९७ हजार कायम भएको छ । त्यस्तै कम्पनीले गरेका लगानीको फेयर भ्यालु गेन बढेर १ करोड १९ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रहेको छ भने शेयर प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख तथा अन्य रिजर्भमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९.७९ रुपैयाँ पुगेको छ भने प्रति शेयर  नेटवर्थ १८१.१० रुपैयाँ पुगेको छ।

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु