निजी क्षेत्रतर्फको कर्जा प्रवाह चालु आवको नौ महिनामा बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६१ अर्ब तीन करोड रुपैयाँ अर्थात् ७.१ प्रतिशत बढेको छ । गत आवमा यसै अवधिमा कर्जा प्रवाह दुई खर्ब २२ अर्ब २१ करोड रुपैयाँ अर्थात् ४.६ प्रतिशतले बढेको थियो । आयात बढ्नेलगायतका आर्थिक गतिविधि बढ्न थालेपछि कर्जा प्रवाह बढेको राष्ट्र बैंकका सहायक प्रवक्ता न्यौपानेले बताए । ‘यो वर्ष १२.५ प्रतिशतले कर्जा प्रवाह बढ्ने अनुमान गरिएकोमा हालसम्म ७.१ प्रतिशतले कर्जा प्रवाह बढेको राष्ट्र बैंकको भनाई छ ।
साझा अर्थ संवाददाता