पात्रो

रेडियो

समाचार खोजी

नौ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो

साझा अर्थ संवाददाता २८ वैशाख २०८२, आइतवार

 

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स  भित्रिएको छ । गत आर्थिक वर्ष २०८०÷८१ को तुलनामा रेमिट्यान्स १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड पगेको राष्ट्र बैंकले जनाएको छ । फागुन मसान्तमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स एक महिनामा १ खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको यहि अवधिमा रेमिट्यान्स १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ७।३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड पुगेको छ ।


चालु आवको चैतसम्म खुद द्वितीय आय ९खुद ट्रान्सफर० १३ खर्ब १ अर्ब ९४ करोड पुगेको छ । गत आवमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड थियो । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो । यस अवधिमा वैदेशिक रोजगारीमा अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ पुगेको छ ।गत आवको चैतसम्म यस्तो संख्या ३ लाख २७ हजार ८४२ थियो । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । गत आवमा यस्तो संख्या २ लाख ११ हजार २२६ रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

199 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता