पात्रो

रेडियो

समाचार खोजी

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

साझा अर्थ संवाददाता २६ वैशाख २०८२, शुक्रवार

 

एनसेलले नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले मैलावर, भैरहवास्थित एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा उक्त सप इन सप सञ्चालनमा ल्याएको हो ।

एक कार्यक्रममाझ बिहीबार एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले सपको उद्घाटन गरेका हुन् । सप इन सपबाट ग्राहकले एनसेलका सेवा–सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरबाट जसरी नै लिन सक्नेछन् । सिम लिने, रिचार्ज गर्ने, केवाइसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, ‘सधैँ अन रिन्युअल’जस्ता प्याक र इन्टरनेट सेटिङ मिलाउनेलगायतका विभिन्न सेवा लिन सक्ने कम्पनीले जनाएको छ । 

‘अब ग्राहकले सबै सेवा सप इन सपबाटै लिन सक्नेछन् । यही अवधारणाअनुरूप हामीले देशैभर विभिन्न स्थानमा थप सप इन सप सञ्चालनमा ल्याउने योजना बनाएका छौँ । यसले हाम्रो ग्राहक सेवा अझ विस्तारित बनाउनेछ,’ रोड्रिगेजले भने ।

साथै, रोड्रिगेजले उद्घाटनका अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ह्विल’ खेलेका अगन्तुकलाई विभिन्न उपहार पनि वितरण गरेका थिए । सप इन सपले साप्ताहिक रूपमा आइतबारदेखि शुक्रबारसम्म सेवा प्रदान गर्नेछ । ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टर पनि सञ्चालन गर्दै आएको बताएको छ ।
 

142 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्