पात्रो

रेडियो

समाचार खोजी

२१ देखि २५ साउनसम्म मोबिलिटी एक्स्पो, खुल्यो बुकिङ

साझा अर्थ संवाददाता २५ वैशाख २०८२, बिहिवार

 

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले भृकुटीमण्डपमा गर्न लागेको अटोमोबाइल प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्स्पो, २०२५’ का लागि बुकिङ खुला भएको छ । नाइमाले आगामी २१ देखि २५ साउनसम्म अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी एक्स्पो आयोजना गर्दै छ । 

एक्स्पोमा सहभागिता जनाउन वैशाख २२ देखि २९ वैशाखसम्म बुकिङ खुला रहने बताइएको छ । इच्छुक कम्पनीले तोकिएको समयभित्र बुकिङ फाराममा भर्नुपर्नेछ । अन्तिम स्टल बाँडफाँट भने गोलाप्रथामार्फत गरिने आयोजकको भनाइ छ ।

साथै, दुई र चारपांगे्र सवारीसाधन तथा हलुका व्यावसायिक सवारीसाधनका लागि छुट्टाछुट्टै हल राखिनेछैन । प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको बताइएको छ ।

अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीलाई एकै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्न एक्स्पो आयोजना गर्न लागिएको हो । प्रदर्शनीको व्यवस्थापन र संयोजन भने मिडिया स्पेस सोलुसन्स प्रालिले गर्नेछ । 

‘नाइमाले नेपालको अटोमोबाइल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ संस्थाकी संस्थापक अध्यक्ष रितुसिंह वैद्यले भनिन् ।

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्