पात्रो

रेडियो

समाचार खोजी

धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय सहकार्यकालागि आग्रह

साझा अर्थ संवाददाता ८ भदौ २०८१, शनिवार

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय सहकार्यकालागि आग्रह गर्नु भएको छ । भारतको गुजरातमा आयोजित आठौँ धर्म-धम्म सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री पाण्डेले सो आग्रह गर्नु भएको हो । 
धर्म-धम्म सम्मेलनलाईसम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पर्यटकीय पूर्वाधार निर्माण तथा पर्यटक आवागमन सहजिकरण गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्री पाण्डेले धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकलाई नेपालका धार्मिकस्थलको पवित्रताको सहज अनुभूति गराउने वातावरण निर्माणका लागि सहकार्य गर्न आह्वान गर्नुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपालको पशुपतिनाथ, हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदा रहेको उल्लेख गर्दै उहाँले नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभुति गर्न सकिने धारणा राख्नुभयो । साथै मन्त्री पाण्डेले सम्मेलनका सहभागीलाई नेपाल भ्रमणको निम्तो दिनुभयो । इण्डिया फाउण्डेशनको पहलमा भारतको गुजरातमा सम्मेलनको आयोजना गरिएको हो ।

228 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ