पात्रो

रेडियो

समाचार खोजी

साहस उर्जाको नाफा करिब ७५ प्रतिशत बढ्यो

साझा अर्थ संवाददाता २३ वैशाख २०८२, मङ्गलवार

साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ७४.४५ प्रतिशत खुद नाफा बढाएको े छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ८३ करोड ४१ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४७ करोड ८१ लाख थियो । चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्रीको आम्दानी २ अर्ब २ करोडबाट बढेर २ अर्ब १४ करोड पुगेको छ ।

यस अवधिमा कम्पनीको ब्याज खर्च ९१ करोड ६८ लाखबाट घटेर ६२ करोड ९८ मात्र कायम भएको छ। ३ अर्ब ७८ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ३ अर्ब १० करोड छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८२ रुपैयाँ १८ पैसा रहेको छ।

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता