काठमाडौं ।चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कूल १ खर्ब २६ अर्ब १८ करोड १२ लाख २० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। त्यसपछि नेशनल लाइफ इन्स्योरेन्सले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ, र तेस्रो स्थानमा एलआईसी नेपालले १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ।

साझा अर्थ संवाददाता