काठमाडौं।सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा भनिएको छ, ‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरण मार्फत कोष स्थापना गरिनेछ ।’
आगामी आवको नीति तथा कार्यक्रममा सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने विषय प्राथमिकतामा परेको छ ।
सहकारी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी सूचना प्रणालीको स्तरोन्नति गरिने भएको छ । हाल नेपालमा सहकारीको यकिन तथ्यांक नै छैन ।
साझा अर्थ संवाददाता