पात्रो

रेडियो

समाचार खोजी

तोलामा ४६ सय घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता १८ वैशाख २०८२, बिहिवार

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ४६ सय घटेको छ भने चाँदीको मूल्य पनि ५० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८३ हजार ५ सयमा  कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख ८८ हजार १ सयमा कारोबार भएको थियो । 


त्यस्तै आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९ सय ६५ रुपियाँमा किनबेच भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसैको असर नेपाली बजारमा पनि देखिएको हो । 

169 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता