पात्रो

रेडियो

समाचार खोजी

साउनमा ४४ हजार घरजग्गा किनबेच

तीन अर्ब ८३ करोड राजस्व प्राप्त

साझा अर्थ संवाददाता ५ भदौ २०८१, बुधवार

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना करिब ४४ हजार घरजग्गा किनबेच भएको छ । यो अघिल्लो बर्षको सोही अवधिको घरजग्गाको कारोबार भन्दा १२ प्रतिशतले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो । 
गत आव ०८०/८१ को साउनमा ३९ हजार दुई सय ६३ वटा घरजग्गा किनबेच भएका थिए । गत आर्थिक वर्षभरिमा भने पाँच लाख ३७ हजार दुई सय ९५ वटा कारोबार भएका थिए । 

 सरकारले कित्ताकाटमा गरेको कडाइ, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव तथा उच्च ब्याजदर र आर्थिक शिथिलतालगायतका कारण पछिल्लो दुई वर्षयता नेपालमा घरजग्गा कारोबार सुस्ताएको थियो । तर, चालू आवमा त्यस्तो कारोबार बढ्ने संकेत देखिएको छ । पहिला मासिक ७०–८० हजार हाराहारीमा यस्तो कारोबार हुने गथ्र्यो ।  

 समीक्षा महिनामा घरजग्गा कारोबारबाट सरकारलाई तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । यो गत आवको सोही महिनाको तुलनामा ३२ प्रतिशतले बढी हो । गत आवको साउन महिनामा घरजग्गा कारोबारबाट दुई अर्ब ९१ करोड चार लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो । गत आवभरमा घरजग्गा कारोबारबाट ४२ अर्ब एक करोड ३२ लाख रुपैयाँ राजस्व उठेको थियो । घरजग्गा खरिद–बिक्री गर्दा विभिन्न शीर्षकमा कर तिर्नुपर्छ, सोहीअनुसार सोबराबरको राजस्व उठेको हो । सरकारको आम्दानीमा यसको हिस्सा पनि उच्च हुने गर्छ ।

253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु