काठमाडौं । एपेक्स हस्पिटालिटी लिमिटेडले ११ लाख ७५ हजार कित्ता संस्थापक (जगेडा) शेयर बिक्रीमा राखेको छ । प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयर हाल कम्पनीकै विद्यमान शेयरधनीले ७ दिनभित्र खरिद गरिसक्नुपर्नेछ । तोकिएको मितिमा शेयर विक्री नभएमा पुनः ७ दिनभित्र जोकोही सर्वसाधारणले आफूले लिन चाहेको शेयर संख्या खुलाई कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
साझा अर्थ संवाददाता