ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि आम सर्वसाधारणलाई निश्कासन गरेको १४ लाख ७६ हजार कित्ता शेयर भर्ने आज अन्तिम दिन रहेको छ ।
यस आईपीओमा शनिवारसम्म १६ लाख १८ हजार ९ सय ७८ जना आवेदकले १ करोड ९६ लाख ४ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा १३ गुणा बढी हो ।
यस आईपीओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
साझा अर्थ संवाददाता