आज आइतबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय २ रुपैयाँ तोकिएको छ ।
साझा अर्थ संवाददाता