आज बुधबार सुनको भाउ प्रतितोला नौ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७२ रुपैयाँ तोकिएको छ ।
साझा अर्थ संवाददाता